नियम २२
समिति गठन गर्न सक्ने
यस नियमावली बमोजिम नेपाल सरकार, सञ्चार मन्त्रालयले गर्ने कामका सम्बन्धमा सरसल्लाह र सुझाव दिन नेपाल सरकार, सञ्चार मन्त्रालयले आवश्यक ठानेमा एक समिति गठन गर्न सक्नेछ । समितिको काम, कर्तव्य र कार्यविधि सो समिति गठन गर्दाको अवस्थामा नै तोकिनेछ ।